तनहु १ असोज । तनहुँको माझकोटमा जीप भीरबाट खस्दा ६ जना घाइते भएका छन् । साभुङ भगवतीपुरबाट भीमादतर्फ जाँदै गरेको ग १ ज ३०६२ नम्बरको जीप माझकोट सेर्टाभञ्ज्याङमा दुर्घटनाग्रस्त हुँदा सात जना घाइते भएका छन् । जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
