काठमाडौँ, १ असोज, नेपालीहरुको महान् चाड बडादसैंका लागि नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट वितरण सुरु गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली र बैंकको सातवटा जिल्ला कार्यालयबाट फूलपातीको दिनसम्म ४० अर्बदेखि ४५ अर्बसम्म नयाँ नोट वितरण गर्न सुरु गरिएको राष्ट्र बैंकले जनाएको हो । राष्ट्र बैंकले तोकेको विभाग तथा कार्यालयमा गएर सर्वसाधारण तथा संस्थाले पुराना नोटसँग नयाँ नोट साट्न सक्नेछन् । पूजा तथा दक्षिणाका लागि सफा नोटको प्रयोग गर्नाले फल प्राति हुने हिन्दू धर्मावलम्बीमा विश्वास रहि आएकाले बर्सेनी केन्द्रीय बैंकले अर्बौंको नयाँ नोट वितरण गर्दै आएको छ ।
