आश्विन २ । नारायणगढको क्याम्पाचौरमा जारी महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत् विहीबार भएका खेलमा आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन् ।  आज भएको पहिलो खेलमा नेपाल आर्मीले सुदूरपश्चिमाञ्चल महिला टिमलाई १४–० गोल अन्तरले पराजित गर्‍यो भने दोस्रो खेलमा एपीएफले पश्चिमाञ्चललाई २१–० को फराकिलो अन्तरले हरायो ।  आर्मीका लागि दीपा न्यौपाने ८, भुजुंगा राई र इन्दिरा राईले २–२, अञ्चली वाइबाले एक गोल गरिन् ।
 सुदूरपश्चिमालकी सुस्मिता दवाडीले एक आत्मघाती गोल गरेकी थिइन् ।  विहीबारै भएको दोस्रो खेलमा एपीएफले पनि गोलको वर्षा गर्‍यो । एपीएफका लागि सजना रानाले ९, अनिता बस्नतेले ५, सावित्रा भण्डारी, रेनुका नगरकोटी, सपना राईले समान २–२ गोल र गीता रानाले एक गोल गरिन् ।  प्रतियोगिता अन्तर्गत शुक्रबार पहिलो खेलमा नेपाल पुलिस र पूर्वाञ्चल तथा दोस्रो खेलमा मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ । 
 
Top