पोखरा असोज ।पैशा उठाइ दिन्छु भन्दै धम्क्याएर पैशा असुल्न गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको बगरस्थित सिमपानीका २९ वर्षिय अमृत लामा रहेका छन । लामाले पैशा उठाई दिन्छु भन्दै पिडितहरुसंग निवेदन लिने र ब्यक्तिहरुलाई धम्क्याउदै पैशा अशुल्ने गरेको प्रहरीले जनाएको छ । रकम अशुल उपर गर्न जवरजस्ती मिलापत्र गराउने र समाजमा तनाव सृजना गर्ने तथा बालुवा गिटीको गाडि समेतबाट पैशा असुल उपर गर्ने जस्ता काम गदै आतकीत पार्ने गरेको गुनासको आधारमा प्रहरीले पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेका लामाबाट एक थान ल्याटप, तिन थान निवेदन तथा मिलापत्र गरेका तिन थान काजग र एक थमसुक फेला परेको छ । लामाले सकृय जागरुक यूवा टोलीनामको संस्था खोली बालुवा गिटीको गाडिहरुसंग प्रति टिप १५ रुपैयाँका दरले असुल्ने, गोरखाका नामाजुग ८ बस्ने अनुप पाण्डेसंग पैशा उठाई दिन्छु भन्दै १५ हजार लिएको, गुल्मीका दिपक थापा भन्ने कर्णबहादुर विकसंग १५ हजार लिएको लगायतका कुरा खुलेको प्रहरीले जनाएको छ ।