२८ भदौ, दोहा (कतार) । कतारमा रहेका नेपालीको टीमले फिलिपिनो टीमलाई आठ शुन्य गोल अन्तरले पराजित गरेको छ । 

कतारको अल अरबी क्लवको खेल मैदानमा भएको खेलमा नेपालले शुन्यका विरुद्ध आठ गोल गर्दै फिलिपिन्सलाई पराजित गरेको थियो । 

प्रतियोगिता विजयी भएका नेपाली खेलाडीले १ हजार डलर र कप प्राप्त गरेका थिए । कतारमा रहेका विभिन्न देशका नागरिकबीच सद्भाव कायम गर्न प्रत्येक वर्ष कार्यक्रमको आयोजना गरिँदै आएको छ । फुटबल प्रतियोगितासँगै मनोरञ्जनात्मक कार्यक्रमको आयोजना भएको थियो । 
 
Top