भिजन नेपालको मुख स्वास्थय कार्यक्रम रुपाकोट मा सुरु
भिजन नेपाल कास्की आज देखी रुवाकोट गावीसमा आप्mना मुख स्वास्थय सम्वन्धी कार्यक्रम सुरु गरेको छ । भिजन नेपाल कास्की अन्र्तगतको कास्की मुख स्वाँस्थ कार्यक्रम रुपाकोट गावीसमा दुई वर्ष सम्म संचालन गर्ने सस्थाका अध्क्षय प्रेमराज अधिकारी वताउनु भएको छ । रुपाकोट मा स्थानीय समुह वनाएर विद्यालय मा व्रसिङ कार्यक्रम मुख स्वास्थय शिक्षा उपचार को लागी साप्ताहीकरुपमा दँन्त क्ल्निीक आज देखी संचालन मा ल्याएको छ । आज रुपाकोट स्वास्थ्य चौकीमा एक कार्यक्रमका विच साना किसान सहकारी रुपाकोटमा अध्क्षय क्याप्टेन हर्क वहादु गुरुङ र हेल्थपोष्ट ईन्चार्ज देवी चन्द्र थापाले संयूतm रुपमा रिवन काटेर उद्घाटन गरिएको छ । कास्की ओरल हेल्थ ले रुपाकोट मा मुख स्वास्थ्य कार्यक्रमले रुपाकोट वासीलाई धेरैनै फाईदा पुग्ने हेल्थपोष्ट ईन्चार्ज देवी थापाले वताउनु भयो । रुपाकोटमा स्थानीय समुहले मुख स्वास्थ कार्यक्रम संचालन गरेको स्थानीय सहजकर्ता सवाबक्स मियाँले वताउनु भयो । भिजन नेपालले कास्कीका विभिन्न आठ वडा गावीसहरुमा निशुल्क रुपमा उपचार शिक्षा कार्यक्रम संचालन गर्दे आइरहेको छ ।