माघ ८ । बेलायतको राजधानी लन्डनमा जिहादी इस्लामी लडाकू समूह ‘आइएस’विरुद्धको रणनीति तय गर्न विश्वका २१ मुलुकका उच्च अधिकारीहरु भेला भएका छन् । सम्मेलनमा अमेरिकी विदेशमन्त्री जोन केरी, इराकी प्रधानमन्त्री हैदर अल अबादीलगायतका नेताको सहभागिता रहेको छ । सम्मेलनमा आइएस समूहमा भैरहेको लडाकू भर्ति र उनीहरुले प्राप्त गरेको रकम कसरी रोक्न सकिन्छ भन्ने बारे छलफल हुने बीबीसीले जनाएको छ । नेताहरुबीच आइएसविरुद्धको स्थल सैन्य कारबाही बढाउने र संघर्षबाट पीडितहरुका लागि मानवीय सहयोग पु¥याउनेबारे पनि छलफल हुने बताइएको छ । आइएसले इराक र सिरियाको ठूलो भू–भाग आफ्नो नियन्त्रणमा लिएको छ । संघर्षका कारण धेरैको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिसहरु विस्थापित भएका छन् ।
