पोखरा २३ मंसिर । आरोहणको पहिलो हिमाल अन्नपूर्ण र कुमारी हिमाल माछापुच्छ्ेको काखमा अवस्थित पर्यटनकीय नगरी पोखरास्थित अन्तराष्ट्यि पर्वतीय संंग्रहालयमा हुने पर्वतीय महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । मंसीर २४,२५ र २६ गतेसम्म तीन दिन नेपाल पर्वतारोहण संघ आयोजक तथा नेपाल पर्यटन वोर्ड सहआयोजक एवं इसिमोड र टे्किङ एजेन्ट एसोसिएसन अफ नेपाल(टान)रणनितीक साझेदार रहेको छ ।  महोत्सव सम्पन्न गर्न नेपाल सरकार संंस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव श्री सुरेशमान श्रेष्ठको संयोजकत्वमा गठित मूल आयोजक तथा विभिन्न २० वटा उपसमितिको सकृयतामा तयारी पुरा भएको हो । महोत्सवको भोली २४ गते ९.३० वजे नेपाल सरकारका सम्माननीय प्रधानमंन्त्री सुशिल कोइराला ज्यूबाट समुदघाटन हुने कार्यक्रम रहेको छ ।  नविनतम ज्ञान,सिप र प्रविधिको विकास,चोयु हिमाल आरोहणको हिरक महोत्सव, हिमालयन होस्ट देशहरुको बैठक महोत्सवको मुख्य उदेश्य रहेकोछ ।

 इसिमोड,प्रकृति संरक्षण कोष,लिवर्ड,वन विज्ञान तथा इन्जिनियरी अध्ययन संस्थान,लुम्ले कृषि अनुसन्धान केन्द्र ,कफी वोर्ड एवं विभिन्न परिकारका खानाका गरि ३६ स्टल रहेका छन् । सम्पूर्ण स्टल वुकिङ भई सकेका छन् । सो अवसरमा पर्वतीय खेलहरु साइक्लिङ,छेलो,आरचरी,विद्यार्थीको ५ किलोमिटर दौडका साथै हिमाल आरोहण सम्वन्धी वृत्तचित्र तथा अन्तरकृया एवंं मनोरन्जनतर्पm दोहोरीगित र विभिन्न जातजातिका भेषभुषा तथा सास्कृतिक कार्यक्रम रहेकोछ । सोही अवसरमा हिमालय होष्ट देशहरु चीन,भारत,भुटान,पाकिस्तान,म्यानमार ,अफगानिस्तान लगायतका देशहरुको वैठकले हिमाल सम्वन्धी साझा धारणा वनाउने कार्यक्रम रहेको छ ।
 
Top