काठमाडौं, मंसिर २२ ।
काठमाडौंको बबरमहलमा आइतबार साँझ बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको छ ।  रत्नपार्कबाट बनेपातर्पm गइरहेको बा२ख ३७ नम्बरको बसले बा६३प ४३२४ नम्बरको स्कुटरललाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्कर दिएर बसले झन्डै डेढ सय मिटर जति घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् ।  दुर्घटनामा मृत्यु हुने महिला म्याग्दीकी शान्ता हमाल रहेको प्रहरीले जनाएको छ ।
 
Top