दुइवटा अवार्ड समारोह देश बाहिर भएपछि यतिबेला चलचित्र नगरीको ध्यान कामना अवार्डमा तानिएको छ । कामना मासिकले पहिलो पटक आयोजना गर्न लागेको अवार्ड समारोह मंसिर १५ गते हुने भएको छ । सीजीसँगको सहकार्यमा हुन लागेको अवार्ड समारोह भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुनेछ । वि.सं २०७० साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रहरु अवार्डका लागि प्रतिस्पर्धामा थिए । कामना मासिकले ३१ बर्षको यात्रा पुरा गरेकाले ३१ विधामा अवार्ड आयोजना गर्न लागिएको हो । अवार्ड समारोहमा यसै क्षेत्रमा जीवन बिताउने एक कलासाधकलाई १ लाख रुपैयाँ सहित (लाइफ टाइम एचिभमेन्ट अवार्ड) २०७१ बाट सम्मानित गरिने छ । अवार्ड समारोह अत्याधुनिक तथा उच्चतम प्रविधीको प्रकाश व्यबस्था र ध्वनि प्रणालीका साथ सम्पन्न हुने र यसको तयारी दु्रत गतिमा चलिरहेको कामनाका सम्पादक तथा अवार्ड आयोजक समितिका सदस्य विदुर गिरीले जानकारी दिएका छन् -