३० असोज।
        मोरङ जिल्लामा तीन महिनाको अवधिमा ५७ वटा मानवअधिकार उल्लंघनका घटना भएका छन् ।  समग्रमा जिल्ला सदरमुकाम भन्दा ग्रामिण क्षेत्रमा सवैभन्दा वढी मानवअधिकार उल्लघनको घटना वढी पाइएको छ ।
 मानव अधिकारको क्षेत्रमा काम गदै आएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक क्षेत्रिय कार्यालय विराटनगरले तयार परेको प्रतिवेदनमा गएको असार १६ गतेदेखि असोज १६ गतेसम्मको अवधिमा सवै भन्दा वढी ५२ जना महिला हिंसाको शिकार भएका छन् ।
  इन्सेकले विराटनगरमा आयेाजना गरेको त्रैमासिक पूर्वसमिक्षा कार्याक्रममा दिएको जानकारी अनुसार गएको यो अवधिमा घरेलु हिसाका घटना ३२, वलात्कार, वलात्कार प्रयास र यौन दुव्र्यबहार सम्वन्धी ११, वालवालिका वेच विखान ओसार प्रसार २ वटा रहेका छन् ।

 त्यसैगरी महिलाविरुद्ध हुने सवै प्रकारको दुर्व्यवहार ४, परिवारजनवाट हत्या र वहुविवाह अपहरण एक-एक वटा घटना भएका छन् ।  तीन महिनाको अवधिमा जिल्लामा घटेका वलात्कार, वलात्कारको प्रयास र यौन दुव्र्यवहारका घटनामा १५ वर्ष मुनिका वालिकाहरु सिकार वनेको इन्सेको प्रतिवेदनमा उल्लेख छ । प्रहरीलाई मुख्य स्रोत्र वनाएर प्रतिवेदन तयार पारिएको इन्सेकले जनाएको छ ।
 
Top