तनहुँ ९ मङ्सिर। समाचार प्रकाशनको विषयलाई लिएर तनहुँ उधोग वाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डितले पत्रकारलाई हात भाँच्ने धम्की दिएका छन । पण्डितले तनहुँको शुक्लागण्डकी बाट प्रकाशन हुँदै आएको पत्रिका तनहुँ खबर राष्ट्रिय दैनिकमा ग्यास वितरणमा अनिमियतता भएको समाचारको विषयलाई लिएर पत्रिकाका सम्पादक रामशरण नेपालीलाई तल्लो स्तरको गालि गलौज गर्दै एक हात अपाङ्ग भएका नेपालीलाई अर्को हात पनि भाँचेर जिन्दगीभरको लागी अपाङ्ग बनाईदिने धम्की दिएका हुन ।तनहुँको शुक्लागण्डकीमा ग्यांस वितरणका लागि गरिएको कुपन वितरणमा अनियमितता भएको समाचार प्रकाशन भएपछि आफ्नो नाम किन मुछेको भन्दै अध्यक्ष पण्डितले सार्वजनिक स्थानमा वोलाएर सम्पादक नेपालीलाई आपत्तिजनक शब्द प्रयोग गर्दै यस्तो धम्की दिएका थिए ।उनले पत्रकार नेपालीलाई ुतँ खाते होसु जस्ता आपत्तिजनक शब्द पनि प्रयोग गरेका थिए ।धम्कीप्रति तनहुँ खबर राष्ट्रिय दैनिकले घोर भत्र्सना गरेको छ । निर्वाध एवं स्वतन्त्र तवरले समाचार संकलन र सम्प्रेषण गर्न पाउने अधिकारमाथि हस्तक्षेप भएको भन्दै घटनाको छानविन हुनु पर्ने माग गरेको छ भने धम्की दिने व्यत्तिलाई कडाभन्दा कडा कानुनी कार्वाहीको लागि स्थानीय प्रशासनसंग पनि जोडदार माग गरेको छ ।
तनहुँ उधोग वाणिज्य संघका अध्यक्षद्धारा पत्रकारलाई धम्की